Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • स्लो ओभर रेटका कारण भारतलाई जरिवाना

    स्लो ओभर रेटका कारण भारतलाई जरिवाना

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 510
    SHARES

    एजेन्सी । सेन्चुरियनमा दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा स्लो ओभर रेटका कारण भारतीय क्रिकेट टोलीलाई जरिवाना गरिएको छ ।

    दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा दुई ओभर कम बलिङ गरेको कारण भारतलाई आईसीसी विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) बाट २ अङ्क काटिएको छ भने टोलीलाई म्याच शुल्कको १० प्रतिशत जरिवाना पनि गरिएको छ ।



    भारत लक्ष्यभन्दा दुई ओभर ढिलो भएपछि आईसीसी एलिट प्यानल अफ म्याच रेफ्रीका क्रिस ब्रोडले जरिवानाको निर्णय दिएका थिए। यो जरिवाना आईसीसीको आचार संहिताको धारा २.२२ अनुसार लगाइएको हो।



    यो न्यूनतम ओभर रेटसँग सम्बन्धित छ। यसमा खेलाडीले निर्धारित समयमा बलिङ गर्न नसकेमा प्रत्येक ओभरको म्याच शुल्कको ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ ।

    स्लो ओभर रेटका कारण अङ्क काटिएपछि डब्लुटीसी अङ्क तालिकामा भारतको स्थिति कमजोर भयो। दक्षिण अफ्रिकासँगको हारपछि भारतीय टोली १६ अङ्कसहित पाँचौँ स्थानमा रहेको थियो ।

    अङ्क घटाएपछि १४ अङ्क बाँकी रहँदै टोली छैटौँ स्थानमा झरेको छ । सेन्चुरियन टेस्टमा भारत तेस्रो दिन एक इनिङ्स र ३२ रनले पराजित भएको छ ।

    पहिलो टेस्ट जितसँगै दक्षिण अफ्रिकाले सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो र अन्तिम टेस्ट ३ जनवरी २०२४ देखि केप टाउनमा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार