Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • खाद्य संस्थानको गोदामभित्र पुरुषको शव फेला

    खाद्य संस्थानको गोदामभित्र पुरुषको शव फेला

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 735
    SHARES

    फाइल तस्विर

    हेटौँडा । मकवानपुरको हेटौँडामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा एक जना पुरुषको शव फेला परेको छ।

    हेटौँडा–२, चौकीटोलस्थित खाद्य व्यवस्था कम्पनीको खुला कोठाभित्र एक जना पुरुषको शव फेला परेको हो।



    जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५४ वर्षीय पुरुषको शव फेला परेको जनाएको छ।



    सुतिरहेको स्थानमा उनी मृत फेला परेका हुन्। मृत फेला पर्ने पुरुषको पहिचान खुलेको छैन।

    प्रहरीका अनुसार उनी हेटौँडा बजारमा प्लास्टिक बटुल्दै हिँड्ने गरेका थिए।

    घटनास्थलबाट मुचुल्कापछि शव हेटौँडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

    शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार