Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • घरबाट ३ लाख नगदसहित १२ तोला सुनचाँदीका गरगहना चोरी

    घरबाट ३ लाख नगदसहित १२ तोला सुनचाँदीका गरगहना चोरी

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 1K
    SHARES

    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-४ तारानगरस्थित एक घरबाट नगदसहित सुन चाँदीका गरगहना चोरी भएको छ ।

    तारानगरका करन बानियाको घरबाट ८ तोला सुनका गरगहना, ४ तोला चाँदीको सामान र ३ लाख नगद चोरी भएको हो ।



    पुजाका लागि पहाड घर डोटी गएका बेला बानियको घरमा चोरी भएको प्रहरीले जनाएको छ ।



    चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दराज फोडेर नगद र गरहना चोरी लगेका छन् ।

    आइतबार साँझ घर पुग्दा चोरी भएको प्रहरीलाई खबर गरिएको थियो ।

    आज निवेदन दर्तापछि अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार