Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधान सेनापति शर्मा र अमेरिकी अधिकारी लाउबाचरबीच भेटवार्ता

    प्रधान सेनापति शर्मा र अमेरिकी अधिकारी लाउबाचरबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 582
    SHARES

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरले शिष्टाचार भेट गरेकी छन् ।

    प्रधान सेनापतिको कार्यकक्षमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ ।



    यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।



    सो भेटवार्तामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डिन आर थम्पसन पनि उपस्थित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार