Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पूर्वराष्ट्रपति भण्डारीले भेटिन् गृहमन्त्री श्रेष्ठलाई

    पूर्वराष्ट्रपति भण्डारीले भेटिन् गृहमन्त्री श्रेष्ठलाई

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 921
    SHARES

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेकी छन्।

    गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी पुगेर पूर्वराष्ट्रपति भण्डारीले गृहमन्त्री श्रेष्ठलाई भेटेका हुन् ।



    पूर्वराष्ट्रपति भण्डारीले गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै उनलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिइन्।



    गृहमन्त्री श्रेष्ठ नियमित उपचारका लागि मंगलबार राति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएका थिए।

    गत असोज ३० देखि कात्तिक १ गतेसम्म उनी चीन भ्रमणमा गएका बेला मुटुमा समस्या भएको थियो।

    त्यहीँ उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार