Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • एनसेल सेयर बिक्री प्रकरण : सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा

    एनसेल सेयर बिक्री प्रकरण : सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 621
    SHARES

    काठमाडौं। दूरसञ्चार सेवा प्रदायक आजियाटाद्वारा सञ्चालित एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

    प्रतिनिधिसभाका स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा एनसेलको सेयर बिक्रीविरुद्ध रिट निवेदन दर्ता गराएका थिए । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने भएको छ ।



    सांसद सिंहले नेपालको कानुनी प्रक्रियालाई छलेर राज्यलाई हानि पुग्नेगरी अपारदर्शी तवरमा सेयर खरिदबिक्री भएको दाबी गर्दै रिट निवेदन दायर गरेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार