Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

    अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 2.4K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएलका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहालबारे लगाएको आरोप प्रमाणित गर्न सांसद अमरेशकुमार सिंहलाई चुनौती दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत दीपशिखाले अमरेशले गंगालाई लगाएको आरोप पुष्टि नगरेर एक सातापछि नाङ्गेझार बनाउने बताएका हुन् ।



    ‘माननीयज्यू प्रमाणसहित हप्ता दिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईंलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई ?’, सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।



    सिंहले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा गंगाले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छन् त्यो सबै प्रमाण आफूसँग रहेको बताएका थिए । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जाने उल्लेख गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार