Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेना के सुडान काण्ड दोहोर्‍याउँदै छ ?

    सेना के सुडान काण्ड दोहोर्‍याउँदै छ ?

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 726
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ । सुडान घोटालाका मुख्य व्यक्ति शम्भु भारती हुन् ।

    उनी नेपाली सेनाले भारतबाट खरिद गर्न लागेको महिन्द्रा कम्पनीका चारवटा आर्म पर्सनल क्यारियर (एपिसी) खरिदका लागि नेपाल ‘एजेन्ट’ रहेका छन् ।



    नेपाल प्रहरीकै शिर झुकाउने उक्त घोटालाका मुख्य सहयोगी ठेकेदार भारतीमार्फत नेपाली सेनाले भारतबाट एपिसी खरिदका लागि एलसीसमेत खोलिसकेको छ ।



    भारती सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि खरिद गरिएको ४४ करोडको एपिसीमा साढे २८ करोडबराबरको भ्रष्टाचारमा मुछिएका थिए । सो काण्डमा उनीलगायत तत्कालीन प्रहरी महानिरीक्षकले जेल सजायसमेत भुक्तान गरेका थिए ।

    भारतीको कम्पनी भगवती ट्रेडर्स नेपाली सेनाको सामान ल्याउने नेपाली सहजकर्ता बनेको सैनिक स्रोतको दाबी छ ।

    नेपाली सेनाले चीनबाट पनि २६ वटा एपिसी खरिद गर्न ३३ मिलियन अमेरिकन डलर (करिब ४ अर्ब ४२ करोड रकम) बराबरको सैनिक सामग्री खरिद गर्ने निर्णय गर्दै हिमालय बैंकमा एलसी खोलेको छ ।

    गत साता नेपाली सेनाले त्यसका लागि दुईवटा एलसी खोलेको हो । चीनबाट सैन्य सामग्री ल्याउने निश्चित भएको छ । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार