Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • पाँचवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

    पाँचवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 525
    SHARES

    काठमाडौं । संघीय संसद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक आज बस्दै छ । बिहान साढे ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । बैठकमा पशुपति क्षेत्र विकास कोषबाट सम्पादित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुनेछ ।

    सोही समयमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बस्नेछ । बैठकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हालसम्म भएका कामको अवस्था, खाद्यान्नलगायत आत्यावश्यकीय उपभोग्य वस्तुको मौजुदा अवस्था, माग र आपूर्तिको अवस्थाका विषयमा छलफल हुनेछ ।



    दुर्गम क्षेत्रमा वितरणको अवस्था, किसान र उद्योगहरूबाट उत्पादन भएका अत्यावश्यक वस्तुको खरिद गर्ने र भण्डारणमा, जनशक्ति व्यवस्थापन, चालु आर्थिक वर्षको वार्षिक बजेट, कार्यक्रम र भावी कार्ययोजनामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, सचिव र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल हुनेछ ।



    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुने कार्यसूची छ ।

    दिउँसो १ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा विपद् जोखिम न्यूनीकरण, विपद् व्यवस्थापनलगायत गृह मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन कार्यान्वयन अवस्थाका बारेमा गृह सचिवसँग छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार