Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यातायातमन्त्री प्रकाश ज्वालाले भने – बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैन

    यातायातमन्त्री प्रकाश ज्वालाले भने – बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैन

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

    एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि बोल्दै यातायातमन्त्री ज्वालाले यस्तो बताएका हुन् । उनले मन्त्रालयतिर फर्किरहेको आफ्नो गाडी बिना कारण जलाइएको बताए ।



    यातायातमन्त्री ज्वालाले भने, ‘बालकुमारी घटनामा मेरो कुनै सम्बन्ध छैन । मेरो पिएसोले गोली चलाउन त के कसैसँग कुराकानी समेत गरेको छैन । त्यसमा कुनै सरोकार पनि राखेको छैन । गाडी मन्त्रालयतिर जाँदै थियो । रोकियो हावा खुस्काएर आगजनी गरियो म यहाँ बैठकमा थिएँ ।’



    उनले बिना कारण सरोकार नै नभएको बिषयमा सरकारी सम्पत्ति क्षति गर्ने कुरा खेदजनक भएको बताए ।

    उनले मानिसको ज्यान जाने र घाइते हुने कुरा अत्यन्त दुःखद रहेको भन्दै घटनाका सम्बन्धमा आफ्नो मन्त्रालयको कुनै साइनो र सम्बन्ध नरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार