Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • गृहमन्त्री श्रेष्ठको स्वीकारोक्ति – बालकुमारी घटनामा सुरक्षा कमजोरी रह्यो

    गृहमन्त्री श्रेष्ठको स्वीकारोक्ति – बालकुमारी घटनामा सुरक्षा कमजोरी रह्यो

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 465
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन् ।

    संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै गृहमन्त्री श्रेष्ठले उक्त कुरा स्वीकारेका हुन् ।



    यसमा ईपीएस कार्यालय प्रमुखको भूमिका पनि सकारात्मक नभएको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।



    गृहमन्त्री श्रेष्ठले भने,‘इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक देखिएन, रियाक्टिभ देखियो।’

    गृहमन्त्री श्रेष्ठले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि भएको आफूहरुको प्रारम्भिक बुझाइ रहेको बताए ।

    त्यही भएर श्रम मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाइसकेको जानकारी गृहमन्त्री श्रेष्ठले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार