Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बालकुमारी घटनामा जोसुकै दोषी देखिए पनि कारबाही गर्छौं : गृहमन्त्री श्रेष्ठ

    बालकुमारी घटनामा जोसुकै दोषी देखिए पनि कारबाही गर्छौं : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 471
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा जोसुकै दोषी देखिए पनि कारबाही गर्ने बताएका छन् ।

    राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार भएको छलफलमा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले भने, सरकारले छानबिन आयोग गठन गरिसकेको छ । छानबिनको दायरामा जो जो दोषी देखिन्छन् कानूनको दायरमा ल्याएर कारबाही हुन्छ । यो कुराको म दृढतापूर्वक प्रतिबद्धता गर्छु ।’



    गृहमन्त्री श्रेष्ठले प्रारम्भिक रुपमा कमजोरी देखिएकाहरुलाई निलम्बन गरेको बताए ।

    घटना सामान्य नभएको, तर प्रधानमन्त्री दोलखा भएकाले घटना भएकै दिन मन्त्रिपरिषद् बस्न नसक्ने भएपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको उनले सुनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार