Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सेनाका घिमिरे र ढकालले लगाए उपरथीको फुली

    सेनाका घिमिरे र ढकालले लगाए उपरथीको फुली

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा पदोन्नती भएका पवन राज घिमिरे र चोक बहादुर ढकाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

    जङ्गी अड्‌डामा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्माले घिमिरे र ढकाललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।



    पदोन्नतिसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृत तथा उपरथी ढकाल सैनिक सचिव विभाग, अतिरिक्त समूहमा नियुक्त भएका छन् ।



    हाल उपरथी ढकाल युनाइटेड नेसन्स इन्टेरिम फोर्स इन लेबनान (युनिफिल) मिशनमा डेपुटी फोर्स कमान्डरका रुपमा कार्यरत छन् । उनीहरु नेपाल सरकारको पुस १२ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार