Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण गर्न भारतले १० अर्ब अनुदान दिने

    नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण गर्न भारतले १० अर्ब अनुदान दिने

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 639
    SHARES

    काठमाडौं । भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपियाँ अनुदान सहयोग दिने भएको छ ।

    बिहीवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका बीचमा भएको ऊर्जा व्यापार सम्झौताअनुरुप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपियाँ अनुदान दिने भएको हो ।



    यस्तै दुई देशका ऊर्जा सचिवबिचमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौता पनि भएको छ ।



    नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र न्यु स्पेस इण्डिया लिमिटेडबिच नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमति पनि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार