Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा रमेश लेखक

    राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा रमेश लेखक

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 480
    SHARES

    काठमाडौं । सत्तापक्षीय गठबन्धनले रााष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई चयन गरेको छ ।

    सत्तापक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको आज बसेको बैठकले समितिका सदस्यसमेत रहेका प्रमुख सचेतक लेखकलाई चयन गरेको हो ।



    समितिका सदस्यमा नेकपा (माओवादी केन्द्र) का वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रप्रसाद पाण्डे तथा जनता समाजवादी पार्टी नेपालका मनिष सुमन रहेका छन् ।



    आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन सत्तापक्षीय गठबन्धनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि आफ्ना उम्मेदवारलाई विजय गराउन विभिन्न निर्णय गरेको छ ।

    बैठकले सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति तथा ७७ वटै जिल्लामा राष्ट्रियसभा निर्वाचन जिल्ला समन्वय समिति गठन गर्ने पनि निर्णय गरेको बताइएको छ ।

    १९ सदस्य पदका लागि निर्वाचनको लागि गठबन्धन दलहरू कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, एकीकृत समाजवादीबाट २ र जसपाबाट एक जनाले उम्मेदवारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार