Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो ६० जना कर्मचारी [सूचनासहित]

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो ६० जना कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 609
    SHARES

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । नवौँदेखि चौथो तहसम्मका पदमा कम्पनी लिमिटेडले दरखास्त मागेको हो ।

    सार्वजनिक सूचना जारी गर्दै कम्पनी लिमिटेडले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ ।



    कम्पनीले ६ जना सह-विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एकरएक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत, प्राविधिकतर्फका २ जना अधिकृत, ९ जना वरिष्ठ सहायक, प्राविधिकतर्फ २ जना वरिष्ठ सहायक, २ जना सब इन्जिनियरतर्फका वरिष्ठ सहायक र २२ जना प्रशासन सहायक माग गरेको छ ।



    इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ १८ गतेसम्म कम्पनीको अनलाइमार्फत आवेदन दिन कम्पनीद्वारा जारी सूचनामा जनाइएको छ। आवेदन दस्तुर पदअनुसार फरक/फरक निर्धारण गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार