Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पौष्टिक तत्त्व मिसाइएको नौ हजार क्विन्टल चामल वितरण

    पौष्टिक तत्त्व मिसाइएको नौ हजार क्विन्टल चामल वितरण

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 285
    SHARES

    काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका पाँच जिल्लामा नौ हजार क्विन्टल पौष्टिक तत्त्व मिसाइएको चामल (फोर्टीफाइड राइस) वितरण गरेको छ ।

    विश्व खाद्य कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा स्तरोन्नति गरिएको चामल उत्पादन गरी कम्पनीले कुपोषण बढी भएका कर्णाली प्रदेशका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लामा वितरण गरिएको हो ।



    सो चामलको प्रयोगले बाल मृत्युदर कम गर्ने अपेक्षा गरिएको छ । खाद्य कम्पनीका बिक्री प्रमुख भीम थापाले बजार मूल्यमा हालसम्म नौ हजार क्विन्टल फोर्टीफाइड राइस वितरण गरिसकेको उनले जानकारी दिए ।



    बर्दियास्थित राजापुरमा रहेको मिलमा चामलमा पौष्टिक तत्त्व मिसाएर वितरण गरिएको हो । हाल एक्स्टुजन विधिबाट चामलमा पौष्टिक तत्त्व स्तरोन्नति भइरहेको छ । यस विधिमा भिटामिन र खजिनको मिश्रणलाई चामलको पिठोमा मिलाई एक्स्टुजन मेसिनबाट चामलको जस्तै आकार र हुने गरी उत्पादन गरिन्छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार