Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपा केन्द्रीय समितिको बैठक जारी

    जसपा केन्द्रीय समितिको बैठक जारी

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 318
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

    दुई दिनसम्म चलेको राजनीतिक समितिको बैठक हिजो सम्पन्न भएपछि आजदेखि केन्द्रीय समितिको बैठक सुरु भएको हो ।



    बैठकमा सरकारमा आफ्नो दलबाट सहभागी मन्त्रीको कामकाजको साथै सरकारको समग्र समीक्षा हुने बताइएको छ ।



    जसपा मधेस प्रदेश, लुम्बिनी प्रदेश र सङ्घीय सरकारमा सहभागी भएको छ ।

    पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले हिजो सम्पन्न राजनीतिक समितिमा प्रस्तुत भएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनको बारेमा केन्द्रीय समितिमा पनि छलफल हुने बताइएको छ ।

    सो प्रतिवेदन राजनीतिक संशोधनसहित पारित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार