Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • देउवापुत्रको दबाबमा शिक्षित भट्ट पक्राउ परेको खुलासा

    देउवापुत्रको दबाबमा शिक्षित भट्ट पक्राउ परेको खुलासा

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 4.2K
    SHARES

    काठमाडौं । राइड शेयरिङ एप टुटलका सञ्चालक शिक्षित भट्टलाई दबाबको भरमा प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरेको खुलेको छ ।

    जिल्ला अदालत, काठमाडौंले थुनामा राख्न अस्वीकार गरेपछि सो तथ्य खुलेको हो । गत २० पुसमा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई पक्राउ गरेको थियो । २२ पुसमा जिल्ला अदालतले उनलाई छाडिदियो ।



    एउटै विवादको मुद्दा उच्च अदालतमा सुनुवाइ भइरहेको भन्दै जिल्ला अदालतकी न्यायाधीश शकुन्तला कार्कीले थुनामा राख्न अस्वीकार गरेकी हुन् । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको दबाबमा काठमाडौं प्रहरीले भट्टलाई पक्राउ गरेको हो ।



    टुटल चलाउने कम्पनी टुटल नेपाल प्रालिमा जयवीरका साथीहरुको पनि शेयर रहेको छ । तर कम्पनी चल्न नसकेपछि बन्द गर्न उनीहरूले कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिइसकेका छन् । तर, उनीहरुबीच हिसाबकिताब मिलेको छैन । भट्टलाई प्रहरी प्रयोग गरी थुनेर पैसा असुल्न आपराधिक विश्वासघात मुद्दामा फसाउने प्रयास भएको हो ।

    यसमा जयवीरले नै प्रत्यक्ष दबाब दिएर पक्राउ गराएको स्रोत बताउँछ । जबकि उनीहरुबीच उच्च अदालतमा समेत मुद्दा चलिरहेको छ । भट्टलाई पक्राउ नगर्न उच्चले निषेधाज्ञाको मुद्दामा अन्तरिम आदेश जारी भएको अवस्थामा प्रहरीले अदालतको आदेश समेत नमानी पक्राउ गरेको थियो ।

    यसमा देउवा तथा बुद्ध एयरका मालिकको समेत स्वार्थ गाँसिएको स्रोत बताउँछ । सो कम्पनी देउवापुत्रहरुले हात लिएर चलाउने प्रयास गरिरहेका छन् । त्यसैको लडाईमा पहुँचवाला व्यक्तिको दबाबमा भट्ट तीन दिन प्रहरी हिरासतमा पुगेका छन् । यसले प्रहरी कसरी शक्तिकेन्द्रको खेलौना बनिरहेको छ भन्ने प्रष्ट हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार