Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • को हुन् कांग्रेस सभापति देउवापुत्र जयवीरसँग इन्गेजमेन्ट गरेकी शिवाना ?

    को हुन् कांग्रेस सभापति देउवापुत्र जयवीरसँग इन्गेजमेन्ट गरेकी शिवाना ?

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह अहिले एकाएक चर्चामा छन् । इन्स्टाग्राममा उनी र एक युवती औंठी साटेर रोमान्टिक मूडमा बसिरहेको तस्वीर सार्वजनिक भएसँगै चर्चा हुन थालेको हो ।

    कभर सिंगर शिवाना श्रेष्ठ र जयवीरसिंहले औंठी साटेको तस्वीर शिवानीकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी छन् ।



    उनीहरूले गत जेठ १ गते काठमाडौंमा एक समारोहबीच इन्गेजमेन्ट गरेको बताइएको छ । यति बेला देउवाका छोरा जयवीरसँग इन्गेजमेन्ट गर्ने शिवाना को हुन् भन्ने सबैलाई खुलदुलीको विषय बनेको छ ।



    शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन् । केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए ।

    केदारभक्त परराष्ट्र सेवामा प्रवेश गरे पनि उनका दाइ इन्द्रभक्त उद्योगपति थिए । इन्द्रभक्तका छोरा रविभक्त नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन् । शिवाना केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् । शिवाना सौन्दर्य सामग्री (ब्युटी(प्रडक्ट) को व्यापारमा छिन्।

    शिवाना कभर गायक पनि हुन् । पारिवारिक स्रोतका अनुसार उनीहरूको जेठ १ गते काठमाडौंमा औंठी साटासाट भएको र बिहे माघमा गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार