Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कांग्रेस सभापति देउवा र माधव नेपालबीच गोप्य भेटवार्ता

    कांग्रेस सभापति देउवा र माधव नेपालबीच गोप्य भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 1.9K
    SHARES

    काठमाडौँ । सत्ता गठबन्धनमा विवाद भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

    बुधबार साँझ गाल्फुटारस्थित कांग्रेसका एक नेताको घरमा देउवा र नेपालबीच पौने एक घण्टा भेटवार्ता भएको हो ।



    पार्टीको सचिवालय बैठकपछि अध्यक्ष नेपाल देउवासँगको भेटवार्ताका लागि गल्फुटार पुगेका हुन् ।



    नेपाल पुगेको केही समयपछि देउवा आइपुगेका थिए ।

    प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भएको गोप्य भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार