Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नयाँ वर्षसँगै समृद्धिको मार्गमा अग्रसर हुनुपर्छ : सभापति देउवा

    नयाँ वर्षसँगै समृद्धिको मार्गमा अग्रसर हुनुपर्छ : सभापति देउवा

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 282
    SHARES

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्षसँगै दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको बताएका छन् ।

    नयाँ वर्ष २०८१ को शुभकामना दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले यस्तो बताएका हुन् ।



    नेपाली जनताको लामो त्याग, सङ्घर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको एकजुट हुनु पर्ने उनले सन्देशमा उल्लेख गरे ।



    सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक भएको उनले सन्देशमार्फत बताए ।

    उनले नयाँ वर्ष २०८१ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार