Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • देउवापुत्रको विवाहमा खादा माला निषेध, आर्मीकोमा पार्टी !

    देउवापुत्रको विवाहमा खादा माला निषेध, आर्मीकोमा पार्टी !

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा छोरा जयवीर सिंह देउवाको बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ ।

    देउवाको परिवार विवाहको अहिले अन्तिम तयारीमा जुटेको छ । निम्तो पत्र बाँड्ने कार्य पनि चलिरहेको छ । सोही निम्तो पत्रमा फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको हो ।



    देउवाका छोराको बिहे माघ २१ गते बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुनेछ भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ ।



    २८ वर्षीय जयवीर देउवा र आरजुका एक्लो छोरा हुन् । शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी र सञ्जीवभक्त श्रेष्ठकी छोरी शिवाना श्रेष्ठ हुन् । उनी कभर गायिका समेत हुन् ।

    जेठ १९ गते शिवाना र जयवीरले दुईले इन्गेजमेन्ट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार