Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • देउवाका छोरा जयवीरले गरे इन्गेजमेन्ट, कहिले गर्दै छन् विहे ?

    देउवाका छोरा जयवीरले गरे इन्गेजमेन्ट, कहिले गर्दै छन् विहे ?

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 6.1K
    SHARES

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन् ।

    पारिवारिक स्रोतका अनुसार काठमाडौंमा गत जेठ १ गते दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका हुन् ।



    शिवानासँग औंठी साटासाट गरेका जयवीरसिंहले सम्भवतः यहिँ माघमा बिहे गर्ने बताइएको छ । जयवीर र शिवाना दुबै छुट्टाछुट्टै व्यवसायमा संलग्न छन् ।



    शिवाना कभर सिंगर हुन् । जयवीरसिंह शेरबहादुर-आरजु दम्पतीका एक्ला सन्तान हुन् । शिवानाकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गरेकी हुन् । उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार