Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोशीविरुद्ध बागमतीका आशुतोष घिरैयाको अर्धशतक

    कोशीविरुद्ध बागमतीका आशुतोष घिरैयाको अर्धशतक

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 453
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशका आशुतोष घिरैयाले कोशी प्रदेशविरुद्ध उत्कृष्ट अर्धशतक पूरा गरेका छन्।

    घिरैयाले यस प्रधानमन्त्री कपमा आफ्नो दोस्रो अर्धशतक ४७ बलमा पूरा गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले १४ ओभरमा १ विकेट गुमाउँदै ८५ रन बनाएको छ ।



    आशुतोष ५५ बलमा ११ चौका र २ छक्कासहित ६६ रनमा क्रिजमा छन् । कोशीलाई पहिलो सफलता वायाँ हाते तीव्र गतिका बलर कमल खत्रीले दिलाएका थिए ।



    कमलको छैटौं ओभरको पहिलो बलमा ईशान पाण्डे लङअनमा सर्ट खेल्ने धुनमा मिड अनमा भुपाल लुईंटेलबाट ६ रनमा समातिए ।

    कोशी सुरुवाती चारै खेलमा पराजित भएको छ । बागमतीले चार मध्य दुई खेल जितेको छ ।

    पछिल्लो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हराएको हुँदा बागमतीको मनोबल उच्च छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार