Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री कप : आशुतोषले कोशीविरुद्ध हाने करिअरको पहिलो शतक

    प्रधानमन्त्री कप : आशुतोषले कोशीविरुद्ध हाने करिअरको पहिलो शतक

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 441
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशका ओपनर आशुतोष घिरैयाले कोशीविरुद्ध करिअरको पहिलो शतक प्रहार गरेका छन्।

    घिरैयाले ९९ बलमा आफ्नो राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो शतक पूरा गरेका हुन् ।



    कमल खत्रीको ३० औं ओभरको दोस्रो बलमा एज लागेर थर्डम्यानमा चौका हान्दै उनले शतक पूरा गरे ।



    टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वागमतीले उनको शतकको सहयोगमा ३० ओभरमा २ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार