Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ट्रकमा राखेर जंगीअड्डा पुर्‍याइयो सेनाको हेलिकोप्टर

    ट्रकमा राखेर जंगीअड्डा पुर्‍याइयो सेनाको हेलिकोप्टर

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाली सेनाले सैनिक प्रदर्शनीका लागि हेलिकोप्टरलाई ट्रकमा राखेर जंगीअड्डा पुर्‍याएको छ।

    ९ माघदेखि चार दिनसम्म हुने सैनिक प्रदर्शनीका लागि ट्रकमा राखेर होलिकोप्टर जंगीअड्डासम्म लगिएको हो ।



    नेपाली सेनाको जंगीअड्डाले यस्तो प्रर्दशनी वर्षेनि गर्दै आएको छ । प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्ने प्रदर्शनीमा बिहान १० बजेबाट सुरु भएर साँझ ५ बजेसम्म चल्नेछ ।



    जंगीअड्डाले शिवरात्रीका बेला सेना दिवस मनाउँदै आएको छ । त्यसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमहरु हुने गरेका छन् ।

    त्यही क्रममा सेनाको ऐतिहासिक विकासक्रम र वर्तमान गतिविधि झल्कने स्टलसहित फोटो तथा युनिट विशेष प्रदर्शनी गर्न लागिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार