Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वागमतीविरुद्ध अर्धशतक बनाएर आउट भए कोशीका कप्तान अंकित

    वागमतीविरुद्ध अर्धशतक बनाएर आउट भए कोशीका कप्तान अंकित

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 411
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशका कप्तान अंकित सुवेदी वागमती प्रदेशविरुद्ध अर्धशतक प्रहार गर्दै आउट भएका छन्।

    जितका लागि २७४ रनको लक्ष्य पछ्याएको कोशीले २४.३ ओभरमा ३ विकेट गुमाउँदै ११४ रन बनाएको स्थितिमा अंकित आउट भएका हुन्।



    उनी ६५ बलमा ४ चौका र २ छक्कासहित ५३ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि सुजन थपलिया र अंकितले ६९ रनको साझेदारी गरेका छन् ।



    २०२२ को प्रधानमन्त्री कपमा बागमतीलाई ६९ रनले हराउन अंकितले ११० रनको शतकीय इनिङ खेलेका थिए ।

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वागमती ४८.३ ओभरमा २७३ रनमा अल आउट भएको थियो ।

    बागमतीका ओपनर आशुतोष घिरैयाले १११ बलमा १६ चौका र २ छक्कासहित ११८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार