Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री कप : मधेश प्रदेशले दियो कर्णालीलाई २३२ रनको लक्ष्य

    प्रधानमन्त्री कप : मधेश प्रदेशले दियो कर्णालीलाई २३२ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 420
    SHARES

    काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा कर्णाली प्रदेशलाई २३२ रनको मध्यम लक्ष्य दिएको छ।

    कप्तान हरिशंकर शाह र मयन यादवको अर्धशतकमा मधेशले कर्णाली प्रदेशलाई २३२ रनको लक्ष्य दिएको हो ।



    टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनायो । मधेशका शीर्ष तीन ब्याटरले राम्रो सुरुवात गरेपनि ठूलो इनिङमा अन्त्य गर्न सकेनन्।



    कप्तान हरिशंकर शाह ६१ बलमा ६ चौकासहित ५० रनमा आउट भए । तेस्रो नम्बरका ब्याटर मयन यादव ८८ बलमा ५ चौकासहित ५० रनमा आउट भए ।

    अनिलकुमार शाह ४४ बलमा ४ चौका र २ छक्कासहित ४४ रनमा आउट भए ।कर्णालीका स्पिनर दीपेन्द्र रावतले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर ४ विकेट लिए ।

    अनुज चुनाराले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । युनिस सिंह, दिनेश अधिकारी र दिवान पुनले एक/एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार