Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री कप : कर्णाली प्रदेशमाथि मधेशको फराकिलो जित

    प्रधानमन्त्री कप : कर्णाली प्रदेशमाथि मधेशको फराकिलो जित

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 546
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ ।

    २३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमा अलआउट भएको हो ।



    कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । दिनेश अधिकारीले ३३ बलमा २ चौका र ३ छक्कासहित ३३ रनको इनिङ खेले ।



    योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । मधेशका राजेश यादवले ६ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । प्रदीप पासवानले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

    रुपेश सिंह, अभिषेक तिवारी, रञ्जित कुमार, हरिशंकर शाह र पवन सरार्फले १-१ विकेट लिए । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनाएको थियो।

    मधेशका कप्तान हरिशंकर शाहले ६१ बलमा ६ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेले । युवा ब्याटर मयन यादव ८८ बलमा ५ चौकासहित ५० रनमा आउट भए ।

    अनिलकुमार साहले ४४ बलमा ४ चौका र २ छक्कासहित ४४ रनको योगदान दिए । कर्णालीका स्पिनर दीपेन्द्र रावतले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर ४ विकेट लिए ।

    अनुज चुनाराले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । युनिस सिंह, दिनेश अधिकारी र दिवान पुनले एक-एक विकेट लिए । यो जितले मधेश ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ ।

    कर्णाली ४ खेलमा समान २ मा जित र हारका साथ सातौं स्थानमा छ । सुदूरपश्चि ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । बागमती ५ खेलमा ६ अंक भए पनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ ।

    तीन विभाग र ७ प्रदेश गरी कुल १० टोलीको सहभागीता छ । राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार