Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशको पहिलो हार

    प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशको पहिलो हार

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 462
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो हार ब्यहोरेको छ ।

    युवा ब्याटर नरेन भट्टको शतकका बाबजुद पनि सुदूरपश्चिम मधेश प्रदेशसँग ८० रनले पराजित हुन पुगेको हो ।



    जितको लागि ३२० रनको विशाल विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४.५ ओभरमा २३९ रनमा अल आउट भयो ।



    सुदूरका नरेन भट्टले १२२ बलमा १३ चौका र १ छक्कासहित १२१ रनको शतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन्।

    उनी सुदूरबाट पिएमकपमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । नरेन बाहेक अन्य कुनै पनि सुदूरका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    ओपनर खडक बोहरा १४, टेक रावत शून्य, किरण ठगुन्ना २०, राजु रिजाल ५, नारायण जोशी २६, गजेन्द्र बोहरा १२, मिलन बोहोरा ७, शेर मल्ल २, नरेन साउद १८ रनमा आउट भए ।

    मधेशका राजेश यादवले ६ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए । प्रदीप पासवानले ९।५ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । रन्जित कुमारले २, हरिशंकर शाह र पवन सरार्फले १–१ विकेट लिए ।

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो ।

    मधेशको जितमा मयन यादवले १२८ बलमा ८ चौका र २ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेका थिए । मयनको यो करिअरको पहिलो शतक हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार