Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बागमतीले गण्डकीलाई दियो १९९ रनको लक्ष्य

    बागमतीले गण्डकीलाई दियो १९९ रनको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 423
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १९९ रनको मध्यम लक्ष्य दिएको छ ।

    ओपनर आशुतोष घिरैया र ईशान पाण्डेको उत्कृष्ट सुरुवातका बाबजुद बागमती ४९.१ ओभरमा १९८ रनमा अल आउट भएको हो ।



    एक समय २०.१ ओभरमा ९०–० को बलियो अवस्थामा रहे पनि गण्डकीका स्पिनर सामु कमजोर प्रदर्शन गरेपछि बागमतीले बलियो योगफल बनाउने अवसर गुमाएको हो । ओपनर आशुतोष घिरैयाले ६९ बलमा ५ चौकासहित सर्वाधिक ४४ रन बनाए ।



    ईशान पाण्डेले ६२ बलमा २ चौका र २ छक्कासहित ४३ रन बनाए । अन्य कुनै पनि बागमतीका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बागमतीलाई ओपनर आशुतोष घिरैया र ईशान पाण्डेले २०.२ ओभरमा ९० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

    स्पिनर कमल परियारले आशुतोषलाई एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाए । कप्तान रित गौतम १३, रविन जोशी डक, अशोक पौडेल ३०, विपिन आचार्य ३८, प्रतिश जि.सी २ र सूर्य तामाङले १५ रन बनाए । गण्डकीका कमल परियारले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए ।

    विपिन खत्रीले १० ओभरमा २ मेडनसहित २७ रन खर्चेर २ विकेट लिए । अमृत गुरुङ २ र सन्दीप पराजुलीले १ विकेट लिए । गण्डकी ४ खेलमा १ मा जित र ३ मा हारसहित २ अंकका साथ आठौं स्थानमा छ । बागमती ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार