Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आजपाको बन्दकाबीच पनि मधेशमा मतदान जारी

    आजपाको बन्दकाबीच पनि मधेशमा मतदान जारी

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 411
    SHARES

    जनकपुरधाम । राष्ट्रिय सभाका दुई सदस्य चयन गर्न मधेश प्रदेशमा पनि मतदा सुरु छ ।

    मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहान नौ बजेदेखि मतदान जारी छ ।



    राष्ट्रिय सभा निर्वाचनको दिन प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले गरेको मधेश बन्द घोषणाको आंशिक प्रभाव परेको छ ।



    बन्दले राष्ट्रिय सभा निर्वाचनलाई असर गरेको छैन । मतदान शान्तिपूर्ण भइरहेको छ ।

    बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको हो ।

    बन्द सफल बनाउन भन्दै आजपाका नेता–कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार