Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर पुगेका गाउँपालिका अध्यक्ष बेहोस

    राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर पुगेका गाउँपालिका अध्यक्ष बेहोस

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 555
    SHARES

    विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर पुगेका मोरङको ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार थारु बेहोस भएका छन् ।

    थारु बुधबार राति बेहोस भएर ढलेपछि उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ।



    राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु बुधबार साँझ ७ः१० बजेतिर बेहोस भएर ढलेका थिए ।



    होटलमा खाना खाने बेलामा थारु बेहोस भएपछि उपचारका लागि सुरूमा पारस अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल लगिएको हो ।

    भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको उपचार भइरहेको अस्पतालले बताएको छ । कोशी प्रदेशमा मतदान जारी छ । दुई सदस्यका लागि निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो।

    कोशी प्रदेशमा अन्य तर्फ सत्तारूढ गठबन्धनबाट कृष्णप्रसाद सिटौला र महिला कोटामा चम्पा कार्की उम्मेदवार छन् ।

    एमाले–राप्रपा गठबन्धनबाट अन्यमा राप्रपाका उद्धव पौडेल र महिलामा रुक्मिणी कोइराला उम्मेदवार छन् ।

    अन्य तर्फ पर्शुराम अधिकारीको उम्मेदवारी फिर्ता गरेर एमालेले राप्रपाका पौडेललाई समर्थन गरेकाले यो पदमा प्रतिस्पर्धा पेचिलो बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार