Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • राष्ट्रियसभा निर्वाचन : कर्णाली प्रदेशमा एक मत मात्रै खस्न बाँकी

    राष्ट्रियसभा निर्वाचन : कर्णाली प्रदेशमा एक मत मात्रै खस्न बाँकी

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 351
    SHARES

    सुर्खेत । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा एक मत मात्रै खस्न बाँकी रहेको छ ।

    बिहान ९ बजेबाट सुरु भएको मतदान १ बज्नै लाग्दा प्रदेशसभाका सभामुख नन्दा गुरुङले मात्रै मत हाल्न बाँकी रहेको हो ।



    ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ३९ जनाले मतदान गरिसकेका छन् ।



    अब १ मत मात्रै खस्न बाँकी रहेको छ । यहाँ दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएका छन् ।

    एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन् । मतभार नेकपा एमालेको भन्दा गठबन्धनको तीन गुणाले बढी छ ।

    प्रदेशसभाका सदस्यहरूको मतभार सङ्ख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार