Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अध्यागमनका थप ७ कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी, भिजिट भिसाको सेटिङ चलाएको आरोप

    अध्यागमनका थप ७ कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी, भिजिट भिसाको सेटिङ चलाएको आरोप

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 3.5K
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका थप ७ जना कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलाएको आरोपमा उनीहरुमाथि माघ ९ गते पक्राउ पुर्जी जारी भएको हो ।



    पक्राउ पुर्जी जारी हुने अध्यागमन अधिकृतहरूमा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो रहेका छन् ।



    भिजिट भिसा प्रकरणमा थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धानमा थप कर्मचारीको संलग्नता पुष्टि भएको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकृत खड्कासहित १० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरूको बयान र मोबाइलमाथि अनुसन्धान हुँदा भिजिट भिसाको सेटिङ चलेको खुलेको थियो ।

    स्रोतका अनुसार अधिकृत खड्काले पक्राउ पुर्जी भएका सातैजनाको नाम पोलेका थिए । आफूहरूले मिलेरै भिजिट भिसामा यात्रा अनुमति दिने गरेको र पैसा बाँडेर लिने गरेको अधिकृत खड्काले बयान दिएको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार