Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अध्यागमन प्रमुखसहित दर्जनौँ अधिकृत प्रहरी छानबिनमा

    अध्यागमन प्रमुखसहित दर्जनौँ अधिकृत प्रहरी छानबिनमा

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दर्जन अधिकृतहरू प्रहरी छानबिनमा तानिएका छन् । सेटिङका आधारमा भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा उनीहरू छानबिनमा तानिएका हुन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अधिकृत नरवीर खड्कालाई पैसा लिँदै गर्दा रंगेहात नै पक्राउ गरिसकेको छ । अन्य अधिकृतहरूको पनि सेटिङमा मिलेको प्रमाण भेटिएको तर थप प्रमाण संकलन गरेर मात्र पक्राउ गर्ने प्रहरी तयारी छ ।



    विभिन्न ट्राभल एजेन्सीका एजेन्टहरूमार्फत अध्यागमनका कर्मचारीले पैसा लिएर भिजिट भिसामा विदेश पठाउने गरेको प्रहरी अनुसन्धानमा पुष्टि भइसकेको छ । जसमा प्रहरीले ३४ जनालाई पक्राउ गरिसकेको छ । जसमा नेपाल एयरलाइन्सका कर्मचारीहरू समेत छन् ।



    उनीहरू पनि मानव तस्करी गिरोहमा मिलेर मानव तस्करीमा संलग्न हुँदै आएका थिए । पक्राउ परेका एजेन्टहरुको मोबाइलबाट उनीहरूको धेरै अध्यागमन अधिकृतहरूसँग सम्पर्क देखिएको छ । कर्मचारीले एजेन्टहरूसँग कुरा गर्नका लागि छुट्टै मोबाइल बोकेका थिए। प्रहरीले अनुसन्धान थालेपछि ती मोबाइल फालिसकेका छन् ।

    पक्राउ परेका नरवीरले पनि सबै कर्मचारीकै मिलेमतोमा भिजिट भिसाको सेटिङ हुने गरेको स्वीकार गरेका छन् । अध्यागमनका दर्जन भन्दा धेरै अधिकृतहरू छानबिनको दायरमा तानिएपछि यतीबेला विमानस्थल अध्यागमनमा हंगामा मच्चिएको छ ।अनुसन्धानबाट जोगिन उनीहरू शक्तिकेन्द्र धाउन थालिसकेका छन् ।

    प्रहरी अनुसन्धानअनुसार भिजिट भिसाबाट दैनिक १० लाख रुपैयाँ कारोबार हुँदै आएको थियो । त्यो पैसा कर्मचारीले बाँडेर लिने गर्दथे । जून कार्यालय प्रमुखसम्म पुग्ने गरेको स्रोत बताउँछ । हाल गोगनबहादुर हमाल विमानस्थल अध्यागमनका प्रमुख छन् । विस्तृत अनुसन्धान भएमा उनी पनि छानबिनमा तानिने सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार