Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विमानस्थलमा कुटपिट प्रकरण

    प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे सबै अध्यागमन कार्यालय ठप्प पार्ने चेतावनी

    प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे सबै अध्यागमन कार्यालय ठप्प पार्ने चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 8.9K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारीमाथि आक्रमण भएको घटनामा संलग्न प्रहरीमाथि कारवाही नगरे देशभरका अध्यागमन सेवा ठप्प पार्ने चेतावनी कर्मचारीहरूले दिएका छन् ।

    आइतवार विभिन्न दलसम्बद्ध पाँच प्रमुख ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारवाही गर्न माग गरिएको छ।



    अन्यथा अध्यागमन कार्यालयलगायत देशव्यापी रूपमा कार्यालयको सेवा बन्द गर्ने र आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने उनीहरूको चेतावनी छ ।



    ‘उक्त घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापी रूपमा कार्यालयको सेवा बन्द गर्नेलगायतका आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने व्यहोरा यसै ज्ञापनपत्रमार्फत जानकारी गराउँदछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

    गृहमन्त्रीलाई सम्बोधन गरेर जारी गरिएको विज्ञप्तिमा उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालय, काठमाडौंका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानसहितका कर्मचारीमाथि कुटपिट भएको बताएका छन् ।

    कर्मचारीहरूले घटनामा संलग्न प्रहरी कर्मचारीलाई निलम्बन गरी विभागीय कारबाही गर्न माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार