Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री कपमा गण्डकी प्रदेशले पुलिसलाई दियो १७१ रनको लक्ष्य

    प्रधानमन्त्री कपमा गण्डकी प्रदेशले पुलिसलाई दियो १७१ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 405
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १७१ रनको मध्यम लक्ष्य दिएको छ ।

    माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले अमृत गुरुङको अर्धशतकमा १७० रनमा बनाउन सक्यो ।



    गण्डकीका अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।



    कमल परियारले २६ बलमा ३ चौका र २ छक्कासहित ३०, समिर कँडेल २९ र करन पँगेनीले ३० रन बनाए ।

    पुलिसका तीव्र गतिका बलर राशिद खानले ६ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए ।

    ललित राजवंशी र करण केसीले २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार