Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री कप

    सुदूरपश्चिममाथि आर्मीको ९७ रनको फराकिलो जित

    सुदूरपश्चिममाथि आर्मीको ९७ रनको फराकिलो जित

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 471
    SHARES

    काठमाडौं । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदै फाइनल नजिक पुगेको छ ।

    तीव्र गतिका बलर जितेन्द्र मुखियाको उत्कृष्ट बलिङमा आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ९७ रनको अन्तर हराएको हो । छैटौं जित निकाल्दै आर्मी १२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।



    जितको लागि २६३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ४१।१ ओभरमा १६५ रनमा अल आउट भयो । सुदूरका लागि किरण ठगुन्नाले ७४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।



    अन्य कुनै पनि सुदूरका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आर्मीको जितमा जितेन्द्र मुखियाले ६.१ ओभरमा २ मेडनसहित १० रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले ८ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए ।

    साहब आलम, कुशल मल्ल र बसिर अहमदले १–१ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा अल आउट भएको थियो ।

    आर्मीको जितमा कुशल मल्लले ६७ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए । सुदूरपश्चिमका तीव्र गतिका बलर भोजराज भट्टले ९.३ ओभरमा १ मेडनसहित ६३ रन खर्चेर ६ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् ।

    स्पिनर नरेन साउदले ९ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । विकाश आग्रीको नाममा १ विकेट रह्यो । पुलिस ७ खेलमा १४ अंकका साथ फाइनलमा पुगि सकेको छ ।

    आर्मी ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । आर्मीले अन्तिम खेल बिहीबार गण्डकीसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा सोझै फाइनलमा पुग्नेछ । पराजित भएमा भने अन्य टोलीको नेटरनरेटमा भर पर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार