Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

    बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 639
    SHARES

    बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत्यु हुनेमा वडा नम्बर ८ को कालागाउँकी १५ वर्षीया मनिसा बिष्ट रहेकी छन् ।



    दोगडाकेदार गाउँपालिकाको सिल्लेगडाबाट कालागोरा गाउँ जाँदै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप मंगलबार दिउँसो वडा नम्बर २ को कटौजपानीमा दुर्घटनमा परेको हो ।



    जिपमा चालकसहित ८ जना सवार रहेको र अन्य ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जिप सडकबाट करिब ५० मिटर तल खसेको र घटनाबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार