Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गृहमन्त्री श्रेष्ठले भने – अपराध गर्नेलाई कारबाही गर्न थाल्यो कि बक्तव्यबाजी हुन्छ

    गृहमन्त्री श्रेष्ठले भने – अपराध गर्नेलाई कारबाही गर्न थाल्यो कि बक्तव्यबाजी हुन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 309
    SHARES

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि अपराध गर्ने छुट नभएको बताएका छन् । पोखरामा शुक्रबारबाट सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्वोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

    उद्योगी व्यवसायीले अपराध गर्दा कारबाही थाल्यो भने बक्तव्यबाजी र दबाब सुरु हुने गरेको उनको आरोप छ ।



    गृहमन्त्री श्रेष्ठले भने, ‘उच्च पदस्थ कर्मचारीले आवाज निकाल्न थाल्छ, कर्मचारीलाई त यसो गर्न भएन नि भनेर । उद्योग व्यवसायीहरु पनि गल्ती अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने बक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ । हामीले कर ति¥या’छौं, उद्योग व्यवसायीलाई त गर्न भएन नि भन्छन् ।’



    बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरी लगायत पक्राउ परेपछि नेपाल उद्योग परिसंघले विरोध गरेको छ ।

    गृहमन्त्री श्रेष्ठले जालसाजी गरेर ठग्ने छुट कसैलाई दिन सकिकिने बताए। गृहमन्त्री श्रेष्ठले कर्मचारी र सबै सुरक्षा निकायलाई कुनै पनि दबाब र भयरहित भएर दृढतापूवर्क उभिन निर्देशन दिए ।

    निजी क्षेत्रको सहयोगबिना देशको अर्थतन्त्र सकारात्मक दिशामा जान नसक्ने आफूहरुले बुझेको बताए । तर कर तिरेको छु भनेर कसैलाई पनि अपराध गर्ने छुट नभएको गृहमन्त्री श्रेष्ठको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार