Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अपराध र ठगीमा लागेका कसैलाई पनि छुट हुँदैन : गृहमन्त्री श्रेष्ठ

    अपराध र ठगीमा लागेका कसैलाई पनि छुट हुँदैन : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 378
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध र ठगीमा लागेका कसैलाई पनि छुट दिन नसक्ने बताएका छन्।

    गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई पोखरामा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले अपराध, ठगी र लुटमा लागेका कसैलाई पनि छुट नदिने बताए ।



    गृहमन्त्री श्रेष्ठले भने,‘अपराध, ठगी, लुट र जालसाँजीमा कसैलाई पनि छुट दिन सकिँदैन । कुनै पक्राउ पर्नासाथ दबाब भइरहे देशले पनि छुट दिन सक्दैन । आफ्ना कर्तव्य निर्वाह गर्दा कुनै पनि हस्तक्षेप नसहन म सुरक्षा निकायलाई अपिल गर्छु । अपराध, ठगी, जालसाजी र लुटमा पक्राउ परेपछि राज्यका उच्च निकायमा दबाब दिने, नेता तथा प्रभावशाली व्यक्तिलाई भनसुन गर्ने प्रवृत्ति देखा परेको छ । कर्मचारी पक्राउ पर्दा संगठनले दबाब दिने, व्यवसायी पक्राउ पर्दा निजी क्षेत्रले पत्रकार सम्मेलन गरी दबाब दिने प्रवृत्ति हाबी भएको छ । अपराधी कसैलाई पनि छुट दिइने छैन ।’

    उनले आफ्ना कर्तव्य निर्वाह गर्दा माथिल्लो हस्तक्षेप नसहन सुरक्षा निकायलाई अपिल गरे ।

    वित्तीय अपराधका कारण नागरिकहरू बेघरबार भएकातर्फ चिन्ता व्यक्त गर्दै गृहमन्त्री श्रेष्ठले वित्तीय अपराध नियन्त्रण गर्न कडाइका साथ उत्रिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार