Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पहुँच भएकाहरुले देशमा लुट मच्चाउन खोजे : गृहमन्त्री श्रेष्ठ

    पहुँच भएकाहरुले देशमा लुट मच्चाउन खोजे : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 432
    SHARES

    पोखरा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहुँच भएकाहरुले देशमा लुटतन्त्र मच्चाउन खोजेको आरोप लगाएका छन् ।

    गण्डकी प्रदेशको सुरक्षा गोष्ठीलाई पोखरामा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले अपराध, ठगी वा जालसाजीमा संलग्न नेता, कर्मचारी, उद्योगी व्यवसायलाई कारबाही थाल्दा दबाब र बक्तव्यबाजी सुरु हुने गरेको बताए ।



    गृहमन्त्री श्रेष्ठले भने, ‘कतिपय मान्छेहरु निराश भएर के व्यक्त गर्छन् भने सतिले सरापेको देश भन्छन् । यो सतिले सरापेको देश होइन । यो देशलाई सम्पन्नशाली, पहुँच भएकाहरु, उच्च पदस्थ राजनीतिक नेताहरु र कर्मचारीहरुको एउटा हिस्साले लुटको देश बनाउन खोजेको हो । त्यस्तो प्रयत्न गर्न खोजेको हो । तर त्यो दिन अब बाँकी रहन दिनुहुन्न ।’

    उनले मुलुकमा अनेक सम्भावना हुँदाहुँदै पनि सुशासनको अभावकै कारण देश पछाडि परेको अहिलेको सरकारको निष्कर्ष रहेको सुनाए ।

    गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन कायम नगरिए समृद्धिमा फड्को मार्न नसकिने तर्क गरे ।

    गुण्डागर्दी, अराजक भीड र सामाजिक अपराध नियन्त्रण गर्नुृ पनि अहिलेको अर्को सुरक्षा चुनौति रहको गृहमन्त्री श्रेष्ठको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार