Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नाबालिकाको नक्कली फेसबुक बनाएर अश्लील म्यासेज पठाउने राजकुमार पक्राउ

    नाबालिकाको नक्कली फेसबुक बनाएर अश्लील म्यासेज पठाउने राजकुमार पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 543
    SHARES

    काठमाडौं । नाबालिकाको नाम र तस्बिर राखेर फेक फेसबुक एकाउन्ट बनाएर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका–१० निवासी ३७ वर्षीय राजकुमार महर्जन रहेका छन् ।



    उनलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो। पक्राउ परेका महर्जन विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।



    उनले एक नाबालिकाको नाम र तस्बिर राखेर फेक फेसबुक अकाउन्ट खोलेर साथी बनाउँदै अश्लिल म्यासेज तथा भिडियो/फोटो पठाउने गरेको साइबर ब्यूरोले जनाएको छ।

    पीडित बालिकाको आफन्तले साइबर ब्यूरोमा जाहेरी दिएपछि उनलाई भोटाहिटी चोकबाट माघ १८ गते प्रहरीले पक्राउ गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार