Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मृतक प्रहरी जवान डाँगीको परिवारलाई साढे दुई लाख आर्थिक सहयोग

    मृतक प्रहरी जवान डाँगीको परिवारलाई साढे दुई लाख आर्थिक सहयोग

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 1.3K
    SHARES

    बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले सडक दुर्घटनामा परी मृत्यु भएका प्रहरीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

    सडक दुर्घटनामा परी मृत्यु भएका प्रहरी जवान विकाश डाँगीको परिवारलाई सहयोग स्वरूप दुई लाख ६० हजार ७८ रुपैयाँ सहयोग गरिएको हो ।



    बर्दिया स्थायी घर भएका डाँगीको गत माघ १४ गते डिउटीमा खटिएको समयमा नेपालगन्ज उपमहानगरपालिका १८ स्थित नेपालगन्ज–कोहलपुर सडक खण्डमा सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको थियो ।



    जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरूमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीबाट सङ्कलन गरिएको सो रुपैयाँ प्रहरी निरीक्षक सुजन शाहले मृतक डाँगीको घर मधुवन नगरपालिका-८ बर्दिया पुगेर आश्रित परिवारलाई हस्तान्तरण गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार