Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानसेनापति शर्माद्वारा सहायक सेनानीलाई दर्ज्यानी चिह्न प्रदान

    प्रधानसेनापति शर्माद्वारा सहायक सेनानीलाई दर्ज्यानी चिह्न प्रदान

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 888
    SHARES

    काठमाडौँ । नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार/सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

    प्रधान सेनापति प्रभुराम शर्माले मंगलबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमबिच उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।



    सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदाररसुबेदार ३२ जना मध्ये विभिन्न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका ९ जना बाहेक २३ जनालाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको सेनाले जनाएको छ ।



    उक्त अवसरमा प्रधान सेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देलले पनि पदोन्नति भएकाहरुलाई सहायक सेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

    आजै आयोजित एक वेग्लै समारोहमा प्रधान सेनापतिले हालै पदोन्नति भएका महा सेनानीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । समारोहमा रथी, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार