Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम सुरु

    नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम सुरु

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 573
    SHARES

    काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच सञ्चालन हुने संयुक्त तालिम अभ्यास ‘एक्स ब्यालेन्स नेल’ सुरु भएको छ ।

    विक्रम सम्वत् २०६० सालदेखि सञ्चालन हुँदै आएको एक्स ब्यालेन्स नेलको यो ४१ औं संस्करण मंगलवारबाट शुरू भएको हो ।



    नेपाली सेनाका अनुसार संयुक्त तालिम अभ्यासमा नेपाली सेनाबाट ३६ र अमेरिकी सेनाका १० जना गरी जम्मा ४६ जना सहभागी छन् ।



    उक्त तालिम अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा आगामी फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार