Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाँसबारीको जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो, मालपोतले काट्यो २१ दिने पत्र [पत्रसहित]

    बाँसबारीको जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो, मालपोतले काट्यो २१ दिने पत्र [पत्रसहित]

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ ।

    भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयर प्रालिलाई पत्र काट्दै जग्गा नेपाल सरकारको नाममा स्रेस्ता अध्यावधिक गरी ल्याउनका लागि कार्यालयमा आउन भनेको हो ।



    मालपोतले रेसिडेन्सी प्रालि बाँसबारीको नाममा २१ दिनमा उपस्थित हुन अन्यथा कानुन बमोजिम नेपाल सरकारको नाममा श्रेस्ता अध्यावधिक हुने भनी पत्र काटेको छ ।



    टोखा नपा वडा नम्बर ६ का वडा अध्यक्षको रोहवरमा सन्चालक समितिको अध्यक्ष सन्जय ठाकुरलाई बिहीबार डिलीबजार कार्यालयले म्याद सहितको पत्र बुझाएको जनाएको छ ।

    यो प्रकरणमा चौधरी ग्रुपका सदस्य अरुण चौधरी पक्राउ परेका थिए । उनी काठमाडौँ जिल्ला अदालतको आदेशमा बुधबार रिहा भएका थिए । तर, केन्द्रीय अनुसन्धान ब्युरोले यो प्रकरणमा अनुसन्धान जारी राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार