Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु, फर्किँदै थिए ड्यूटी सकेर !

    प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु, फर्किँदै थिए ड्यूटी सकेर !

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 8.4K
    SHARES

    काठमाडौं । प्रहरीको भ्यानबाट लडेर एकजना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

    गएराति ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर हेमराज एलजीको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ ।



    उनलाई तत्काल उद्धार गरेर नजिकै रहेको मिड पोइन्ट अस्पतालमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

    उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार